रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु (तस्बिरसहित)

काठमाडौँ । रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु गरिएको छ ।

वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ शनिवारदेखि तान्न सुरु गरिएको हो ।

रातो मत्स्येन्द्रनाथको रथ पुलचोकमा निर्माण गरिएको थियो । उक्त रथलाई शनिवार बाजागाजासहित गःबहाल पुर्याइनेछ । १२ वैशाखबाट सुरु गरिएको रथ निर्माण सकिएपछि २७ वैशाखमा मत्स्येन्द्रनाथलाई रथारोहण गराइएको थियो ।

रातो मत्स्येन्द्रनाथको रथलाई अहिले ललितपुर महानगरपालिकाबाट गःबहालतर्फ लगिएको छ । रथलाई पाटनका सबै टोल घुमाएपछि असार शुक्ल चौथीमा जावलाखेल पुर्याएर भोटो देखाई अन्त्य गर्ने चलन छ ।

रातो मत्स्येन्द्रनाथको रथ यात्रा करिब १६०० वर्षभन्दा पुरानो र उपत्यकाकै लामो रथ यात्रा हो । परापूर्व कालमा नगरबासीलाई श्री पद्मपाणी अवलोकितेश्वर समेत भनिने रातो मत्स्येन्द्रनाथको दर्शन गराउन र ललितपुर नगरको भ्रमण गराउन मत्स्येन्द्रनाथको रथयात्रा आरम्भ भएको विश्वास गरिन्छ ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *