काठमाडौँमा सुरुभयो चित्रकला तथा मूर्तिकला प्रदर्शनी (तस्बिरहरू)

काठमाडौँ । काठमाडौंमा चित्रकला तथा मूर्तिकला प्रदर्शनी सुरु भएको छ ।

काठमाडौं महानगरपालिकाको शिक्षामा सीप कार्यक्रम अन्तरगत काठमाडौंको नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा सो कलाकृतिहरूको प्रदर्शनी सुरु गरिएको हो । काठमाडौं महानगरपालिकाको संयोजन तथा सो प्रतिष्ठानको सहकार्यमा सुरु गरिएको सो प्रदर्शनीका शुक्रवार एक कार्यक्रममा बीच प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उद्घाटन गरेका हुन् ।

शिक्षालाई सिपसँग जोडने काठमाडौं महानगरपालिकाको कार्यक्रम अन्तरगत सो प्रदर्शनी सुरु गरिएको प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्लेले जानकारी दिए ।

उनले भने ‘यो शिक्षामा सीप कार्यक्रम अन्तरगत काठमाडौं महानगरपालिकाले यो स्केचिङ एण्ड स्क्रप्चर अन्तर्गत तालिम अन्तर्गत यो प्रदर्शनी आयोजना गरिएको हो । खासगरी यो १५ हप्तासम्म प्रत्येक शुक्रवार काठमाडौं महानगरपालिकाको संयोजनमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले नौ वटा स्कुलका १९ वटा समूहमा हामीले यो कार्यक्रम सञ्चालन गरेका थियौँ । र, त्यो कार्यक्रममा विद्यार्थीहरूले बनाउनु भएका चित्रहरू, मूर्तिहरू प्रदर्शनीको आयोजना गरिएको हो ।

यो विशेष गरी शिक्षालाई सीपसँग जोडेर जाने सन्दर्भलाई आधार मानेर यो कार्यक्रम महानगरले ल्यायो । र, यो महानगरले ल्याएको कार्यक्रममा हामीले सहकार्य गरेर शिक्षकहरू र कलाका अरु प्राविधिक पाटोहरूमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले सहकार्य गरेको हो । र, यसमा काठमाडौं महानगरपालिका भित्र रहेका सामुदायिक स्कुलहरूमध्ये हामीले यो वर्ष नौ वटा स्कुलमा १९ वटा समूहमा ५७० जना विद्यार्थीहरू यसमा सहभागी थिए । उहाँहरुले बनाउनु भएको चित्र र मूर्तिहरू लगभग साँढे ११ सय चित्र र मूर्तिहरूको प्रदर्शनी रहेको छ । र, यो प्रदर्शनी आज २८ गतेबाट ३ दिनसम्म रहनेछ ।’

काठमाडौं महानगरपालिका भित्रका नौ वटा स्कुल सहभागी रहेको सो कलाकृति प्रदर्शनीमा करिब साँढे ११ सय चित्रकला तथा मूर्तिकला प्रदर्शनीमा राखिएका छन । ३ दिनसम्म चल्ने सो प्रदर्शनीले शिक्षालाई सीपसँग जोडन महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास गरिएको छ ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *