उच्च रक्तचापबारे जनचेतना जगाउन नोवेलको प्रभातफेरी (तस्बिरहरु)

काठमाडौं । आज मे १७ अर्थात् विश्व उच्च रक्तचाप दिवस । आज विभिन्न जनचेतना मूलक कार्यक्रम गरेर यो दिवस मनाइएको छ ।

जस अन्तर्गत विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले पनि प्रभातफेरी कार्यक्रम आयोजना गरेर उच्च रक्तचाप दिवस मनाएको छ ।

उच्च रक्तचापको जोखिम, यसलाई रोक्न अपनाउनु पर्ने विधि सम्बन्धी जनचेतना फैल्याउने उद्देश्यले नोवेलले प्रभातफेरी गरेको हो ।

महेन्द्र चोकबाट सुरु भएको प्रभातफेरी तिनपैनी चोकमा पुगेर समापन गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

कार्यक्रममा नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका अस्पताल निर्देशक तथा वरिष्ठ मुटु रोग विशेषज्ञ प्रा.डा.राजेश नेपालले विराटनगर महानगरपालिका मेयर नागेश कोइरालालाई खादा र फुलको गुच्छाले स्वागत गरेका थिए ।

प्रभातफेरी कार्यक्रममा नोवेलका चिकित्सक, कर्मचारी, रेजिडेन्ट चिकित्सक, इन्टर्न चिकित्सक र विद्यार्थीहरूका साथै पत्रकार, समाजसेवी र स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो ।

प्रभात फेरीको समापन गर्दै प्रा. डा. राजेश नेपालले विश्व उच्च रक्तचाप दिवसको विषयमा प्रकाश पारेका थिए । मेयर कोइरालाले उच्च रक्तचाप सम्बन्धी जनचेतना फैल्याउने उद्देश्यले नोवेलले गरेको प्रभातफेरी प्रति डा. राजेश नेपाल सहित नोबेल टिमलाई धन्यवाद व्यक्त गरेका थिए । साथै उनले यस्तै जनचेतना मूलक कार्यक्रमहरूमा सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 2 =