१२औँ विश्व योग दिवस
विश्व योग दिवसमा सामूहिक योग, स्वास्थ्य सचेतनाको सन्देश ( तस्बिरहरू)
२०८३ असार ७ गते

काठमाडौँ । १२औँ विश्व योग दिवसको अवसरमा शनिवार दशरथ रङ्गशाला स्थित कभर्ड हलमा सामूहिक योग कार्यक्रम सम्पन्न भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्याल, विभिन्न मन्त्रालयका सचिवहरू, सरकारी कर्मचारी, योग गुरु तथा योग प्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
हरेक वर्ष जुन २१ मा मनाइने विश्व योग दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागीहरूले सामूहिक रूपमा योगाभ्यास गर्दै स्वस्थ जीवनशैली अपनाउन तथा योगको महत्वबारे जनचेतना फैलाउने सन्देश दिएका थिए। योगले शारीरिक तन्दुरुस्तीका साथै मानसिक सन्तुलन, तनाव व्यवस्थापन र समग्र स्वास्थ्य प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले यसको अभ्यासलाई व्यापक बनाउन सरकारले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
तस्बिरहरू:-

२०८३ असार ७ गते
प्रतिक्रिया
सम्बन्धित









