नागरिक अधिकार र प्रेस स्वतन्त्रताको पक्षमा माइतीघरमा ऐक्यबद्धता र्याली (तस्बिरहरू)

काठमाडौँ। नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकमा भइरहेको सङ्कुचनप्रति चिन्ता व्यक्त गर्दै विभिन्न पेसागत संघ–संगठनले आज (शुक्रवार) माइतीघरमा ऐक्यबद्धता र्याली आयोजना गरेका छन् ।
नेपाल पत्रकार महासङ्घको आयोजना तथा शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) को ऐक्यबद्धतामा आज माइतीघरमा भेला र्याली सहित बबरमहल सम्म विरोध प्रदर्शन गरिएको हो ।
र्यालीमार्फत लोकतान्त्रिक मूल्य–मान्यता, नागरिक स्वतन्त्रता तथा संविधानप्रदत्त अधिकारको संरक्षणका पक्षमा आवाज उठाइएको छ ।
पापडले हालको सरकारको कार्यशैलीका कारण लोकतन्त्रका आधारभूत मूल्य र मान्यतामाथि चुनौती थपिँदै गएको निष्कर्ष निकाल्दै र्याली आयोजना गरिएको बताएको छ ।
र्यालीमा नेपाल चिकित्सक संघ, नेपाल पत्रकार महासंघ, नेपाल बार एसोसिएसन, नेपाल प्राध्यापक संघ, नेपाल शिक्षक महासंघ तथा नेपाल इञ्जिनियर्स एसोसिएसन लगायतका पेसागत संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।
हेर्नुहोस् तस्बिरहरू:










