तस्बिरमा १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस र्‍याली

काठमाडौँ । विभिन्न मजदुर सङ्गठनहरूले १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएका छन् ।

काठमाडौँका विभिन्न स्थानबाट र्‍याली निकाली सङ्गठनहरूले बुधवार भृकुटीमण्डपमा १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएका हुन् ।

र्‍यालीमा नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल ट्रेड युनियन महासंघ , अखिल नेपाल ट्रेड युनियन महासंघ र राप्रपा निकट ट्रेड युनियन सहभागी थिए ।

भृकुटीमण्डपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, के।पी शर्मा ओली, राजेन्द्र प्रसाद लिङ्देन, सी।के राउत र कमल थापाको उपस्थितिमा १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको हो ।

नेपाल ट्रेड युनियन कांग्रेस ले भद्रकालीबाट , नेपाल ट्रेड युनियन महासंघले पुतलीसडकबाट, अखिल नेपाल ट्रेड युनियन महासंघले बाट र राप्रपा निकट ट्रेड युनियन पुरानो बसपार्कबाट ऱ्याली निकालेको थियो ।

अन्त्यमा उनीहरू भृकुटीमण्डपमा जम्मा भएका थिए ।

तस्बिरहरू : 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *