तस्बिरमा १७औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव

काठमाडौँ । भृकुटीमण्डपमा १७औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०८१ सञ्चालन भइरहेको छ ।

वैशाख २६ गते शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले मेलाको उद्घाटन गरेका हुन् । प्रदर्शनीमा २५० वटा स्टलहरू रहेका छन् भने ५ औं राष्ट्रिय मह मेला समेत आयोजना गरिएको छ । प्रदर्शनी आगामी वैशाख ३० गतेसम्म चल्नेछ ।

मेलाका लघु घरेलु तथा साना उद्यमीहरुद्धारा उत्पादित एवम छरिएर रहेका मौलिक वस्तुहरूको प्रदर्शनी रहनुका साथै महिला उद्यमीहरुद्धारा उत्पादित वस्तुहरूको छुटै प्याभिलियन मार्फत प्रदर्शनी रहेको छ ।

प्रा‌ङ्गारिक कृषिका उपजहरूको छुटै प्याभिलियन र उपयुक्त एवम नवीन प्रविधिहरूको प्रदर्शनी रहेको मेलामा अन्तराष्ट्रियस्तर तर्फ सार्क मुलुक र चीनमा उत्पादित औद्योगिक वस्तुहरूको प्रदर्शनी समेत गरिएको छ ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *