‘कान्तिभैरव जात्रा’ जहाँ आमाको मुख हेर्न जान्छन् भैरव (तस्बिरहरू)

काठमाडौँ । गोकर्णेश्वरमा हरेक वर्ष आमाको मुख हेर्ने दिन कान्तिभैरव जात्रा’ मनाइन्छ । काठमाडौँको काँठ क्षेत्रमा रहेको तत्कालीन गोकर्ण गाउँमा चल्ने यस जात्राको आफ्नै अस्तित्व र महत्व छ ।

‘कान्तिभैरव जात्रा’ लिच्छवी राजा अंशुवर्माको दरबार रहेको मानिने गोकर्णको पुरानो बस्ती ‘देशे’मा रहेको भैरवको कथासँग जोडिएको छ ।

डुकुलाछीस्थित भगवान भैरवको आमा अर्थात् उत्तरबाहिनीमा रहेकी कान्ति भैरवीको मन्दिरमा छोरा भैरव, आमाको मुख हेर्न सगुनसहित खानेकुरा लिएर जाँदादेखि सुरु हुने जात्रा अक्षय तृतीयको दिन समाप्त हुन्छ । अगाडि सगुन, भाते द्व (भातको भगवान) र बाजागाजासहित भगवान भैरव, आफ्नी आमाको मुख हेर्न जाने परम्परालाई परापूर्व कालदेखि यो जात्राले समेट्दै आएको छ ।

यसरी आमाको मुख हेर्न आएका भैरवलाई गाउँको सबै टोल घुमाई साँझ आफ्नै मन्दिर भएको स्थानमा लगिन्छ र त्यो दिनको जात्रा सकिन्छ ।

यसैगरी, निरन्तर ५ दिन सम्म भैरवको खट गाउँ टोल घुमाएपछि अक्षत तृतीयको दिन भैरवलाई आफ्नै मन्दिरमा राखेपछि जात्रा विधिवत रूपमा समापन हुन्छ ।

हेर्नुहोस् तस्वीरहरू : 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *