प्लटिङले कुरूप बनेको पर्यावरण (फोटो कथा)
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८१ वैशाख २२ गते
![प्लटिङले कुरूप बनेको पर्यावरण (फोटो कथा)](https://www.makalukhabar.com/wp-content/uploads/2024/05/bigaryo-mk-13.jpg)
काठमाडौं उपत्यका अव्यवस्थित रुपमा घर निर्माणले मात्र होइन अव्यवस्थित प्लटिङले पनि कुरूप छ । व्यवस्थित बसोबास गराउने नाममा भएको अव्यवस्थित काम रिङरोड बाहिर असरल्ल छ ।
पछिल्ला वर्ष घरजग्गा कारोबारमा आएको मन्दीले प्लटिङले सम्म पारेको खेतबारी मात्र होइन डाँडा र पाखा सबैलाई आएको छ । डोजरले खनेको र इट्टाले भाग लगाएको जग्गालाई प्लटिङ भन्दै बिक्री वितरण गरिन्छ ।
न्यूनतम पूर्वाधार समेत नपुगेको स्थानमा प्लटिङ गरिएको छ । राजकुलोमा मापदण्डअनुसार जग्गा नछोडी जग्गा प्लटिङ गरिएको त कतै जंगल र सार्वजनिक जग्गा मिचिएको अवस्था पनि छ । तर मापदण्ड नपुगीकन गरिएका प्लटिङमा पनि सरकारले कारबाही गरेको देखिँदैन ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८१ वैशाख २२ गते
प्रतिक्रिया
सम्बन्धित