सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा ‘ईकर्जा- झ्याप्पै क्यामपेन्’ सार्वजनिक

काठमाडौँ । नेपालमै पहिलो पटक पूर्ण रूपमा डिजिटल माध्यमबाट बीमा धितोमा ऋण प्रवाह गर्ने उद्देश्यसहित सूर्यज्योति लाइफ इन्स्योरेन्सले आफ्नो नयाँ अभियान ‘ईकर्जा- झ्याप्पै क्यामपेन्’ औपचारिक रूपमा शुभारम्भ गरेको छ ।

डिजिटल वित्तीय सेवाको विस्तार तथा ग्राहकलाई सहज, छिटो र झन्झटरहित ऋण सेवा उपलब्ध गराउने लक्ष्यसहित सुरु गरिएको यस अभियानमार्फत योग्य
बीमितहरूले अब घरमै बसेर अनलाइन प्रक्रियामार्फत ऋण प्राप्त गर्न सक्नेछन् ।

यस अभियान अन्तर्गत ग्राहकहरूले अधिकतम रु. २ लाखसम्मको तत्काल ऋण प्राप्त गर्न सक्नेछन् । साथै, ऋण आवेदन गर्दा लाग्ने रु. ५० सेवा शुल्कमा १०० प्रतिशत क्यासब्याक सुविधा पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

विशेषगरी, यस सेवाको सबै प्रक्रिया पूर्ण रूपमा डिजिटल रहेकोले कुनै कागजी प्रक्रिया वा अतिरिक्त दस्ताबेज आवश्यक नपर्ने कम्पनीको भनाइ छ ।

योग्य बीमितहरूले आफ्नो ऋण योग्यता (Loan Eligibility) सूर्यज्योति Mobile App मार्फत सहजै जाँच गर्न सक्नेछन् । त्यसपछि ग्राहकहरूले उपलब्ध गराइएको Khalti लिङ्कबाट सिधै वा Khalti App को Insurance & Surakshya > Insurance Loan > SuryaJyoti eKarja मार्फत आफ्नो बीमालेख नम्बर राखी प्रक्रिया पुरा गरी तुरुन्तै कर्जा रकम प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार ‘ईकर्जा- झ्याप्पै क्यामपेन्’  नेपालमा डिजिटल बीमा ऋण सेवाको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हुने अपेक्षा गरिएको छ । यस अभियानले बीमितहरूलाई छिटो, सुरक्षित र सहज वित्तीय पहुँच प्रदान गर्नुका साथै डिजिटल नेपालको अवधारणालाई थप बल पुर्‍याउने विश्वास लिइएको छ । सूर्यज्योति लाइफले आफ्ना आधिकारिक सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममार्फत समेत अभियानलाई व्यापक रूपमा प्रवर्द्धन गर्ने जनाएको छ ।

कम्पनीले सम्पूर्ण सरोकारवालाहरूलाई अभियानको जानकारी बढीभन्दा बढी सेवाग्राहीसम्म पुर्‍याउन सहयोग गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − three =