दाङमा ट्राफिक प्रहरीद्वारा एक करोड ५० लाख भन्दाबढी राजश्व सङ्कलन

दाङ । ट्राफिक प्रहरी कार्यालय दाङले बितेको आर्थिक वर्ष २०८२।०८३ मा ट्राफिक नियम पालना नगर्ने १४ हजारबढी सवारी साधनलाई कारबाही गरेको छ । एक वर्षका अवधिमा १४ हजार ५६३ वटा सवारी साधनलाई कारबाही गर्दा एक करोड ५२ लाख ६० हजार ५०० रुपैयाँ राजस्व सङ्कलन गरेको कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशव खड्काले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा बढी नियम पालना नगर्नेमा मोटरसाइकल चालक रहेका छन् । सो अवधिमा छ हजारभन्दा बढी मोटरसाइकल चालकलाई कारबाही गरिएको छ ।

जिल्लामा बितेको आर्थिक वर्ष २०८२।०८३ मा ३४७ सवारी दुर्घटना हुँदा ७२ जनाको अकालमै ज्यान गएको छ । ज्यान जानेमा ५० पुरुष, १९ महिला र तीन बालबालिका रहेको ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ । ती दुर्घटनामा ६६१ सवारी साधन छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 12 =