नेपालमा नयाँ पुस्ताको अनुभवसहित विद्युतीय एसयूभी ल्याउने तयारीमा जीडब्लुएम

काठमाडौँ । विश्व अटोमोबाइल उद्योगमा नवीन प्रविधि, गुणस्तरीय उत्पादन तथा दिगो गतिशीलताको प्रतीकका रूपमा स्थापित GWM (Great Wall Motors) अब नेपाली विद्युतीय सवारीसाधन बजारमा नयाँ ऊर्जा, नयाँ सोच र अत्याधुनिक प्रविधिसहित थप सशक्त रूपमा प्रस्तुत हुने तयारीमा रहेको छ ।

GWM ले नेपालका लागि नयाँ पुस्ताको अत्याधुनिक विद्युतीय SUV सार्वजनिक गर्ने कम्पनीले जानकारी दिएको छ ।

प्राप्त जानकारीअनुसार, आगामी विद्युतीय SUV मा करिब ५२० किलोमिटरसम्मको Driving Range, Smart Digital Technology, अत्याधुनिक सुरक्षा प्रणाली तथा सहज र आधुनिक Driving Experience प्रदान गर्ने विभिन्न सुविधाहरू समावेश हुने अपेक्षा गरिएको छ । यसका साथै आकर्षक डिजाइन, Premium बाह्य संरचना, विशिष्ट Lighting Signature तथा आधुनिक सौन्दर्यशास्त्रले यसलाई सडकमा अलग पहिचान दिने विश्वास गरिएको कम्पनीले जानकारी दिएको छ ।

विशेष रूपमा यसको बहु–तह सुरक्षात्मक Coating Technology युक्त बाह्य सतहले सानातिना Scratches हरूलाई सूर्यको तापबाट स्वाभाविक रूपमा पुनःस्थापित गर्न सक्ने क्षमता प्रदान गर्ने चर्चा पनि बजारमा भइरहेको छ । यसले गाडीको सौन्दर्य र चमकलाई दीर्घकालसम्म कायम राख्न मद्दत गर्ने बताइएको छ ।

GWM ले विश्व बजारमा Electric Mobility, Smart Connectivity,  सुरक्षित यात्रा तथा User-Centric Innovation मार्फत आफ्नो छुट्टै पहिचान स्थापित गर्दै आएको छ । यही विश्वव्यापी अनुभव र अत्याधुनिक प्रविधिको संयोजन अब नेपाली ग्राहकहरूले पनि प्रत्यक्ष अनुभव गर्न पाउनेछछन् ।

नेपालमा विद्युतीय सवारीसाधनप्रतिको बढ्दो आकर्षण, पूर्वाधारको विस्तार तथा वातावरणमैत्री यातायातप्रतिको सकारात्मक सोचका बीच GWM को आगामी विद्युतीय SUV लाई बजारको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । Premium Design, Advanced Technology, उत्कृष्ट Performance तथा आधुनिक जीवनशैलीसँग मेल खाने विशेषतासहित आउने यस नयाँ विद्युतीय SUV ले नेपाली अटोमोबाइल बजारमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ ।

कम्पनीले यस सम्बन्धमा थप जानकारी तथा औपचारिक घोषणा निकट भविष्यमा सार्वजनिक गर्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + twelve =