जीडब्ल्यूएमको ड्रागन आर्मर ब्याट्री: विद्युतीय सवारी सुरक्षामा नयाँ मापदण्ड

काठमाडौँ । विश्वभर विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै जाँदा ब्याट्रीको सुरक्षा, कार्यक्षमता र विश्वसनीयता ग्राहकहरूको सबैभन्दा ठूलो प्राथमिकता बन्न थालेको छ । धेरैजसो अटोमोबाइल कम्पनीहरूले तेस्रो पक्षबाट ब्याट्री खरिद गर्ने भए पनि, GWM विश्वका थोरै अटोमोबाइल उत्पादकमध्ये एक हो, जसले आफ्नै कम्पनी SVOLT Energy मार्फत ब्याट्रीको अनुसन्धान, विकास र उत्पादन गर्दै आएको कम्पनीले दाबी गरेको छ ।
सोही कारण GWM ले आफ्नो ब्याट्री प्रविधिको गुणस्तर, सुरक्षा र विश्वसनीयतामाथि पूर्ण नियन्त्रण कायम गर्न सफल भएको बताइएको छ ।
नेपालमा हालै सार्वजनिक भएको GWM ORA 5 EV SUV मा प्रयोग गरिएको Dragon Armor Battery पनि GWM अन्तर्गतको अत्याधुनिक ब्याट्री निर्माता कम्पनी SVOLT ले विकास तथा उत्पादन गरेको हो ।
वर्षौँको अनुसन्धान र प्रविधि विकासपछि तयार गरिएको यो ब्याट्रीले आगो र पानी प्रतिरोधी उच्च सुरक्षा, लामो ड्राइभिङ रेन्ज, फास्ट चार्जिङ क्षमता तथा उत्कृष्ट कार्यसम्पादनलाई एउटै प्लेटफर्ममा समेटेको कम्पनीले जानकारी दिएको छ ।
‘’Dragon Armor’ नाम रहनुको कारण यसको विशेष आन्तरिक संरचना हो । ब्याट्रीभित्र रहेका सेलहरू ड्रागनको खप्टाजस्तै तह–तहमा मिलाएर राखिएका छन् । यसले विशेष प्रकारको डाउनवर्ड भेन्टिङ प्रणाली निर्माण गर्छ, जसले कुनै असामान्य अवस्थामा ताप वा आगो उत्पन्न भए पनि त्यसलाई यात्रु बस्ने क्याबिनतर्फ फैलिन नदिई तलतर्फ बाहिर निकाल्ने कार्य गर्छ । यसै कारण यो संरचनाले यात्रुहरूको सुरक्षाका लागि थप सुरक्षात्मक कवच को रूपमा काम गर्छ ।’ कम्पनीद्वारा सार्वजनिक विज्ञप्तिमा भनिएको छ ।








