प्रोटोन ई.मास ५ नेपाली बजारमा सार्वजनिक (तस्बिरसहित)

काठमाडौँ। नेपालको विद्युतीय सवारी (ईभी) बजारमा अर्को नयाँ अध्याय थपिएको छ । प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले सेग्मेन्टकै पहिलो रियर–ह्विल–ड्राइभ (आरडब्लुडी) कम्प्याक्ट इलेक्ट्रिक एसयूभी ‘प्रोटोन ई.मास ५’नेपाली बजारमा सोमबार एक कार्यक्रमबिच सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार प्रोटोन ई.मास ५ नेपालमा सार्वजनिक भएको आफ्नो वर्गकै पहिलो रियर–ह्विल–ड्राइभ इलेक्ट्रिक एसयूभी हो । यसले विद्युतीय सवारीमा नयाँ प्रविधि र फरक ड्राइभिङ अनुभव प्रदान गर्दै नेपाली ईभी बजारमा नयाँ मानक स्थापित गर्ने कम्पनीको विश्वास छ ।
नेपालमा पछिल्ला वर्षहरूमा विद्युतीय सवारीको प्रयोग तीव्ररूपमा बढिरहेका बेला प्रोटोनले प्रविधिमैत्री, उच्च कार्यसम्पादन र वातावरणमैत्री विशेषतालाई केन्द्रमा राखेर यो गाडी विकास गरेको जनाएको छ । कम्पनीका अनुसार ई.मास ५ ले उत्कृष्ट ड्राइभिङ अनुभवसँगै दैनिक प्रयोगका लागि आवश्यक सुरक्षा, सहजता र आरामलाई पनि समान प्राथमिकता दिएको छ ।
यस गाडीको सबैभन्दा ठुलो विशेषता यसको रियर–ह्विल–ड्राइभ प्रणाली हो । यस प्रविधिका कारण गाडीमा सन्तुलित तौल वितरण, उत्कृष्ट ह्यान्डलिङ, उच्च स्थायित्व तथा सहज नियन्त्रणको सुविधा उपलब्ध हुने कम्पनीको दाबी छ । यही कारणले व्यस्त सहरी सडक, लामो राजमार्ग तथा नेपालको घुमाउरा पहाडी सडकमा समेत सुरक्षित र सहज यात्रा अनुभव गर्न सकिने छ ।
जगदम्बा मोटर्सले दिगो यातायात प्रणाली प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धताअनुसार अन्तर्राष्ट्रियकरण आधुनिक विद्युतीय सवारी नेपाली बजारमा भित्र्याउँदै आएको छ । शङ्कर ग्रुपअन्तर्गत रहेको कम्पनीले देशव्यापी बिक्री तथा सेवा सञ्जाल विस्तार, ग्राहक–केन्द्रित सेवा तथा बिक्रीपछिको सेवामा निरन्तर लगानी गर्दै विश्व स्तरीय अनुभव उपलब्ध गराउने लक्ष्य राखेको छ ।
कम्पनीका अनुसार प्रोटोन ई.मास ५ को आगमनले अत्याधुनिक प्रविधि, उत्कृष्ट गुणस्तर र उच्च मूल्य–प्रतिफल (भ्यालु फर मनी) भएको विश्व स्तरीय विद्युतीय सवारी नेपाली उपभोक्तामाझ उपलब्ध गराउने कम्पनीको दीर्घकालीन रणनीतिलाई थप सुदृढ बनाउनेछ । नेपाली बजारमा ई. मास ५ दुई भेरियन्ट (प्राइम र प्रिमियम) मा उपलब्ध हुनेछ । गाडीमा CATL को LFP ब्याट्री प्रयोग गरिएको छ, जसले एक पटकको पूर्ण चार्जमा अधिकतम करिब ३९५ किलोमिटरसम्म रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ ।
गाडीमा रियर–ह्विल ड्राइभ, ११–इन–१ इन्ग्रेटेड मोटर, फास्ट चार्जिङ सुविधा तथा १४.६ इन्चको फुल एचडी टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम उपलब्ध छ । यसमा एप्पल कार प्ले, एन्ड्रोइड अटो, ४जी तथा वाइ–फाइ कनेक्टिभिटी, अनलाइन नेभिगेसन, भ्वाइस कमान्ड, इलेक्ट्रिक पार्किङ ब्रेक, भेहिकल–टु–लोड प्रविधि, रियर एसी भेन्टलगायत सुविधा समावेश छन् ।
सुरक्षाका लागि गाडीमा बहुविध एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, एबीएस, ईबीडी, टायर प्रेसर मोनिटरिङ सिस्टम तथा एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम अन्तर्गत अडाप्टिभ क्रुज कन्ट्रोल, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, लेन डिपार्चर वार्निङ, ट्राफिक साइन रिकग्निसन, ३६० डिग्री क्यामेरा र ब्लाइन्ड स्पट डिटेक्सनजस्ता आधुनिक सुरक्षा सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ । आज सार्वजनिक गरिएको ई.मास ५ का दुई भेरिएन्ट (प्रीमियम र प्राईम) को मुल्य क्रमश ३४.९९ र २९.९९ लाख रहेको छ ।
यस्ता छन् तस्बिरहरुः









