गाःबहालमा रातो मत्स्येन्द्रनाथको दर्शन गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ । रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ)को रथलाई तानेर गाःबहाल पुर्‍याइएको छ । रथलाई पुलचोकबाट तानेर मंगलबार गाःबहाल पुर्‍याइएको हो ।

गाःबहालमा स्थानीय जात्रा पनि मनाइँदैछ । सोमवारबाट रथ यात्रा सुरु भएको थियो । तर सोही दिन गाःबहाल पुर्‍याउनुपर्ने भएपनि मंगलवारमात्रै गाःबहाल पुर्‍याइएको हो ।

रथलाई पाटनका विभिन्न स्थानमा परिक्रमा गराइन्छ । पुल्चोक, गाःबहाल, सुन्धारातर्फ महाबौद्ध र चाकुबहाल हुँदै लगनखेल, पोडेटोल र जावलाखेलमा परिक्रमा गराइन्छ । मत्स्येन्द्रनाथको जात्राका क्रममा नरिवल खसाल्ने जात्रा र भोटो देखाउने जात्रा पनि पर्छन् ।

जावलाखेल पुर्‍याएपछि रथबाट भोटो देखाएर जात्रा समाप्त गरिन्छ । हरेक दिन रथ तानेर पुर्‍याइएका ठाउँमा जात्रा मनाइन्छ । रातो मत्स्येन्द्रनाथको दर्शन गरेमा सुख शान्ति र समृद्धि मिल्ने विश्वास छ । यो नेपालकै सबैभन्दा लामो जात्रा पनि हो ।

मत्स्येन्द्रनाथलाई अवलोकेत्श्वर, बुङ्गद्धया लगायत नामले पनि पुकारिन्छ । ललितपुरको पुल्चोकमा तयार पारिएको ३२ हात अग्लो रथमा रातो मत्स्येन्द्रनाथलाई रथारोहण गराइएको चौथो दिन सोमवारबाट रथयात्रा सुरु गरिएको हो । बुधवार बिहानै गाःबहालमा रातो मत्स्येन्द्रनाथको दर्शन र पूजा गर्ने दर्शनार्थीको भीड रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *