दीपेन्द्र बने टी–ट्वेन्टी अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी

काठमाडौँ । दीपेन्द्रसिंह ऐरी टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

काठमाडौँमा भइरहेको त्रिदेशीय टी–ट्वेन्टी शृंखलाको फाइनलमा २१ रन बनाएसँगै दिपेन्द्र टी–ट्वेन्टी अन्तराष्ट्रियमा १ हजार रनको कोषेढुंगा पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका हुन् ।

सोमबार ३९ औँ अन्तराष्ट्रिय टी ट्वेन्टी खेलिरहेका दिपेन्द्रले १ शतक र ४ अर्धशतक प्रहार गरेका छन् । दीपेन्द्रले यही शृंखलामा मलेसियासँग अविजित ११० रन बनाएका थिए ।

यसअघि पारसलले ३३ खेलबाट ७९९ रन बनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *