शीर्ष स्थानको राजस्थानलाई हैदरावादले १ रनले हरायो
२०८१ वैशाख २१ गते

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको छ ।
पहिला ब्याटिङ गरेको हैदरावादले पूरै २० ओभर खेल्दै तीन विकेटको क्षतिमा दिएको २०२ रनको लक्ष्य पछ्याएको राजस्थान सात विकेटको क्षतिमा २०० रनमा समेटिएको हो ।
शीर्ष स्थानको राजस्थानमाथि सनसनीपूर्ण जित निकालेको हैदरावादका लागि ४१ रन खर्चिएर भुवनेश्वर कुमारले तीन विकेट हात पारे। यो जितसँगै हैदरावाद १२ अंकसहित तालिकाको चौंथो स्थानमा उक्लिएको छ। राजस्थान भने १६ अंकसहित शीर्ष स्थानमा कायमै छ।
२०८१ वैशाख २१ गते
प्रतिक्रिया
सम्बन्धित








