वेस्ट इन्डिजविरुद्ध कप्तान रोहितको अर्धशतक

काठमाडौं । वेस्ट इन्डिजविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालका कप्तान रोहित पौडेलले अर्धसतक पूरा गरेका छन् ।

रोहितले ३४ बलमा दुई छक्का र ६ चौकाको मद्दतले अर्धशतक पुरा गरेका हुन् ।

वेस्ट इन्डिजविरुद्धको पहिलो खेलमा रोहितले ११२ रनको शतकीय इनिङ्स खेलेका थिए । ५४ बल खेलेका उनले १० चौका र ६ छक्का प्रहार गरेका थिए ।

दोस्रो खेलमा पनि रोहितले उही लयलाई पछ्याउँदै नेपालको स्कोर कार्डमा ७१ रन थपेका थिए । ४८ बल खेलेका उनले अविजित रहँदै ६ चौका र २ छक्का प्रहार गरेका थिए ।

तर, तेस्रो खेलमा भने मुख्य प्रशिक्षक मोन्टी देसाईंले उनलाई आराम दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *