विश्वकप क्रिकेट लिगमा नेपालको खराब प्रदर्शन

काठमाडौँ । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले नेदरल्यान्ड्ससामु जितका लागि १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

नेदरल्यान्ड्सको युट्रेच्टमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४४.४ ओभरमा सबै विकेट गुमाउँदै १५७ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ४१ रन बनाए । त्यस्तै गुल्सन झाले २९, दीपेन्द्रसिंह ऐरीले २१, आसिफ शेखले १४ तथा करण केसीले अविजित १३ रन जोडे । अन्य ब्याट्सम्यानले उल्लेख्य रन बनाउन सकेनन् ।

बलिङतर्फ नेदरल्यान्ड्सका लागि एलेक्स रोय र रोलोफ भान डर मर्वेले समान ३–३ विकेट लिए । लोगन भान विकले २ तथा काइल क्लाइनले एक विकेट लिए । एक सय ५८ रनको लक्ष्य पाएको नेदरल्यान्ड्स अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 7 =