कप्तानी पारी खेलेर आउट भए रोहित

काठमाडौं । वेस्ट इन्डिजविरुद्ध नेपालका कप्तान रोहित पौडेल कप्तानी पारी खेलेर आउट भएका छन् । यससंगै नेपालको पाचौँ विकेट पतन भएको छ ।

उनी ८२ रनमा क्याच आउट भए । आउट हुनुअघि उनले केवल ४७ बलको सामना गरी पाँच छक्का र सात चौका प्रहार गरेका थिए । वेस्ट इन्डिजविरुद्धको पहिलो खेलमा रोहितले ११२ रनको शतकीय इनिङ्स खेलेका थिए । ५४ बल खेलेका उनले १० चौका र ६ छक्का प्रहार गरेका थिए ।

दोस्रो खेलमा पनि रोहितले उही लयलाई पछ्याउँदै नेपालको स्कोर कार्डमा ७१ रन थपेका थिए । ४८ बल खेलेका उनले अविजित रहँदै ६ चौका र २ छक्का प्रहार गरेका थिए ।

तर, तेस्रो खेलमा भने मुख्य प्रशिक्षक मोन्टी देसाईंले उनलाई आराम दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *