गौशाला–२६ बारे नकारात्मक टिप्पणी नगर्न सन्दीप पक्षको आग्रह

क्रिकेटर सन्दीप लामिछाने पक्षले जाहेरवाली गौशाला–२६ बारे नकारात्मक टिप्पणी नगर्न आग्रह गरेको छ।

उच्च अदालत पाटनले बलात्कार मुद्दामा लामिछानेलाई सफाइ दिएपछि उनका वकिल सरोजकृष्ण घिमिरेले यो हार वा जितको कुरा नभएको स्पष्ट पारेका हुन्।

घिमिरेले भने, ‘यहाँ कसैको हार वा जित भएको होइन । त्यसैले उत्सव मनाउने बेला होइन । जाहेरवालाले आफूमाथि अन्याय भयो भनेर आउनुभयो, हामीले अन्याय भएको छैन भन्यौँ । हामीलाई आज न्याय भएको छ । जाहेरवालाप्रति हानी गर्ने कुरा नलेख्नुहोला ।’

घिमिरेले आफूहरूलाई अदालतप्रति सुरुवातदेखि नै विश्वास रहेको बताउँदै अदालतको फैसलालाई सम्मान गर्ने बताए । उनले भने, ‘सन्दीपले सहयोग गर्छु भनेर नै हाजिर हुन आएका थिए। आरोपपछि उनको कप्तानी सन्पेन्सन हुने अवस्था आयो। अब क्यानले सन्दीपलाई कप्तानी फिर्ता दिन्छ भन्ने आशा छ।’

त्यस्तै, सन्दीपले पनि अदालतको फैसलालाई सम्मान गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए । उनले भने, ‘साढे १ वर्षभन्दा बढी भएछ । मैले पहिलो दिनदेखि म निर्दोष छु भन्दै आएको थिएँ । मलाई फसाएर मलाई दोषी करार गरिएको थियो । मैले जिल्लाको फैसलालाई सम्मान गरेको थिएँ । आज उच्च अदालतको फैसलालाई पनि सम्मान गर्छु ।’

उनले आफूलाई साथ दिने सबैलाई धन्यवाद दिए । साथै नेपालको क्रिकेट टोलीलाई अझ माथि पुर्‍याउन योगदान दिने लामिछानेले प्रतिबद्धता जनाए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *