सन्दीप लामिछानेलाई न्याय दिएको भन्दै उच्च अदालतलाई जनार्दनको धन्यवाद

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्वअर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले क्रिकेटर सन्दीप लामिछानेलाई न्याय दिएको भन्दै उच्च अदालत पाटनलाई धन्यवाद दिएका छन्।

शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत सन्दीपले न्याय पाएकोमा बधाइ दिँदै अदालतलाई धन्यवाद दिएका हुन् । यो आदेशले नेपाली क्रिकेटले नयाँ उचाई हासिल गर्ने विश्वास पनि शर्माले लिएका छन्।

‘क्रिकेटर सन्दीप लामिछानेले न्याय पाएकोमा बधाई, न्यायालयलाई धन्यवाद। नेपाली क्रिकेटले नयाँ उचाई हासिल गर्नेछ’, उनले लेखेका छन्।

सन्दीपले बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट बुधबार सफाइ पाएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *