यो सिरिजमा मेरो ब्याटबाट राम्रो रन निस्किरहेको छ : रोहित पौडेल

काठमाडौँ । वेस्टइण्डिज ‘ए’सँगको पाँच टि—२० शृङ्खलामा नेपाल एक खेल अगावै पराजित भएको छ ।

पाँच टि २० शृङ्खलामा वेस्टइण्डि एले ३ खेलमा जित निकालेसँगै नेपाल पराजित भएको हो । अन्तिम खेल बाँकी रहँदा नेपालले एक खेलमा मात्रै जित निकालेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा भएको खेलमा नेपाल वेस्टइण्डिज एसँग २८ रनले पराजित भयो । २१० रनको लक्ष्य पाएको नेपालले जवाफी ब्याटिङ गर्दै १८१ रन मात्रै बनाउन सक्यो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ८२ रनको योगदान दिए । रोहितले ४७ बलमा ५ छक्का र ७ चौका प्रहार गरे । त्यस्तै सन्दीप जोरा र दीपेन्द्र सिंह ऐरी र गुल्शनकुमार झाले समान १९, अविनाष बोहराले नट आउट १७, सोमपाल कामीले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका फसिआ सेख, ललितनारायण राजवंशी र प्रति जिसीले खाता नै खोल्न सकेनन् भने कुशल भुर्तेल पनि एक रनमा आउट भए ।

कुशल मल्ल ४ रनमा पेभेलियन फर्किए । बलिङमा नेपालका कुशल भुर्तेलले २ र प्रति जिसीले एक विकेट लिएका थिए । २१० रनको योगफल निर्माण गर्ने क्रममा वेस्टइण्डिज एले ३ विकेट मात्रै गुमाएको थियो । जसक्रममा जोन्सन चाल्र्सले ५८, आन्द्रे फ्लेचरले नट आउन ८४ रन बनाए भने फेबियन अ लेनले नट आउट ३३ रन बनाए । नेपालले अन्तिम खेल शनिवार कीर्तिपुरमा खेल्नेछ ।

खेल हारेपछि खेल पत्रकारहरूसँग कुरा गर्दै कप्तान रोहितकुमार पौडेलले यो सिरिजमा आफूले राम्रो खेलिरहेको र आफ्नो ब्याटबाट राम्रो रन निस्किरहेको बताए । उनले आफूलाई गुड डेलाई ग्रेट बनाउनुपर्छ भन्ने लागेर खेलिरहेको बताए । उनले अझै धेरै राम्रो गर्न आवश्यक रहेको र सोहीअनुसार खेलिरहेको बताए । उनले पहिलो खेलमा नै राम्रो गरेकाले आत्मविश्वास बढिरहेको बताए ।

आजको खेलमा सुरुवाती ब्याट्सम्यानबाट राम्रो रन नआएको र सुरुवाती चरणमा राम्रो गर्न आवश्यक रहेको बताए । बलिङमा स्पिनरहरूले राम्रो गर्नसकेको भए १८० सम्मको टार्गेट बन्ने अनुमान रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *