माओवादी केन्द्रीय पदाधिकारी साेमबार चुनिँदै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले केन्द्रीय पदाधिकारी सोमबार मात्रै चयन गर्ने भएको छ । प्रवक्ता कृष्णबहादुर महराकाअनुसार अध्यक्षसहितका पदाधिकारी भोलि मात्रै चयन हुने भएको हो ।

माओवादी केन्द्रको विधानले १५ सदस्यीय केन्द्रीय पदाधिकारीको व्यवस्था गरेको छ भने २९९ सदस्यीय केन्द्रीय समिति रहनेछ । विधानअनुसार २९९ केन्द्रीय सदस्यहरूबाटै केन्द्रीय पदाधिकारी चयन हुन्छन् ।

आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय सदस्यहरूकाे नाम प्रस्ताव गरेका थिए । ती नामहरूलाई प्रज्ञा भवनमा बसेकाे बन्दसत्रले ताली बजाएर अनुमाेदन गरेका थियाे ।

याे पनि:
काे-काे बने माओवादी केन्द्रीय सदस्य ? (सूचीसहित)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *