माओवादी केन्द्रीय सदस्यमा ११ दम्पती !

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले ८औं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेकाे छ । साताव्यापी महाधिवेशनले २३६ केन्द्रीय सदस्य चयन गरेको छ । पार्टीकाे विधानअनुसार माओवादी केन्द्रकाे केन्द्रीय समिति २९९ सदस्यीय हुन्छ । बाँकी केन्द्रीय सदस्यको हकमा सोमबार (आज) बस्ने बैठकले टुङ्गाे लगाउने पार्टी प्रवक्ता कृष्ण्बहादुर महराले जानकारी दिए ।

निर्वाचित २३६ केन्द्रीय सदस्यकाे नाम पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बन्दसत्रमा पेस गरेका थिए । ती नै नामहरूलाई १,७४२ जना महाधिवेशन प्रतिनिधिहरूले अनुमोदन गरेका हुन् । प्रचण्डले प्रस्ताव गरेको नामहरूमा ११ जोडी श्रीमान् श्रीमतीकाे परेकाे छ ।

माओवादी केन्द्रकाे केन्द्रीय सदस्य हुने श्रीमान् श्रीमतीहरूमा लीलामणि पोखरेल र उनकी पत्नी शशी श्रेष्ठ छन् । लीलामणि खुलातर्फबाट केन्द्रीय सदस्य बन्दा शशी जनजाति महिलातर्फबाट बनेकी हुन् ।

गणेशमान पुन र कमला राेका पनि माओवादी केन्द्रीय सदस्य बनेका छन् । उनीहरू पनि श्रीमान् श्रीमती हुन् । गणेशमान खुल्लातर्फबाट केन्द्रीय सदस्य बनेका हुन् भने कमला जनजाति महिलातर्फबाट बनेकी हुन् । यस्तैगरी हितमान शाक्य र अमृता थापा पनि माओवादी केन्द्रकाे केन्द्रीय सदस्य बनेका छन् । उनीहरू पनि श्रीमान् श्रीमती हुन् । हितमान खुल्लाबाट केन्द्रीय सदस्य बनेका हुन् भने अमृता जनजाति महिलाबाट बनेकी हुन् ।

वर्षमान पुन र ओनसरी घर्ती दुवैजना माओवादी केन्द्रीय सदस्य बनेका छन् । वर्षमान खुल्लातर्फबाट र ओनसरी जनजाति महिलातर्फबाट केन्द्रीय सदस्य बनेका हुन् । उनीहरू श्रीमान् श्रीमती हुन् । कुलप्रसाद केसी र ताराकुमारी घर्ती पनि माओवादी केन्द्रीय सदस्य बनेका छन् । यी श्रीमान् श्रीमती क्रमश: खुल्ला र जनजाति महिलातर्फबाट माओवादी केन्द्रीय सदस्य बनेका छन् ।

यस्तैगरी माओवादी केन्द्रीय सदस्य बन्ने दम्पत्तिमा शक्ति बस्नेत र सत्या पहाडी छन् । शक्ति खुल्लातर्फबाट केन्द्रीय सदस्य बन्दा सत्या खसआर्य महिलातर्फबाट बनेकी हुन् । कृष्णध्वज खड्का र रेखा शर्मा पनि माओवादी केन्द्रीय सदस्य बनेका छन् । उनीहरू दुवैजना खुल्लातर्फबाट माओवादी केन्द्रीय सदस्य बनेका हुन् ।

यसैगरी देवेन्द्र पौडेल र उनकी श्रीमती बलावती शर्मा पनि माओवादी केन्द्रीय सदस्य बनेका छन् । देवेन्द्र खुल्ला र बलावती खसआर्य महिलातर्फबाट केन्द्रीय सदस्य बनेकी हुन् । माओवादी केन्द्रीय सदस्य बन्ने दम्पत्तिहरूमा देव गुरुङ र यशोदा गुरुङ पनि छन् । उनीहरू दुवैजना खुल्लातर्फबाट माओवादी केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

देवेन्द्र पराजुली र उनकी श्रीमती कल्पना धमला पनि माओवादी केन्द्रीय सदस्य बनेका छन् । देवेन्द्र खसआर्यका तर्फबाट र प्रतिमा खसआर्य महिलाबाट केन्द्रीय सदस्य बनेका हुन् । विश्वनाथ साह र उनकी पत्नी सीता पोखरेल पनि केन्द्रीय सदस्य बनेका छन् । विश्वनाथ खुल्लाबाट र सीता खसआर्य महिला कोटाबाट केन्द्रीय सदस्य बनेका हुन् । त्यसैगरी दिलीप प्रजापति र उनकी पत्नी प्रतिमा श्रेष्ठ पनि केन्द्रीय सदस्य बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *