हरिबाेल र मातृकालाई काेराेना संक्रमण, माओवादी केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडाैँ । माओवादी केन्द्रकाे केन्द्रीय कमिटी बैठक स्थगित हुने भएकाे छ । माओवादी केन्द्रले पुस २५ का लागि दाेस्राे केन्द्रीय कमिटी बैठक बाेलाएकाे थियाे । तर, नेताहरूलाई काेराेना संक्रमण पुष्टि भएसँगै बैठक स्थगित भएकाे माओवादी कार्यालय सचिव श्रीराम ढकालले बताए ।

एक नेताकाअनुसार नेताहरू मातृका यादव, हरिबाेल गजुरेललागयतका १५ नेताहरूलाई काेराेना संक्रमण पुष्टि भएकाे छ भने त्यसमा ८ जनामा संक्रमणकाे लक्षण देखिएकाे छ । ती नेताले भने, ‘मातृका कमरेड, हरिबाेल कमरेडलगायतका कमरेडहरूमा काेराेना पुष्टि भएकाे छ । यसाे हुँदा सतर्कता त अपनाउनै पर्‍याे नि ।’

माओवादी कार्यालय सचिवालयका ६ जना सदस्यमा पनि काेराेना संक्रमण पुष्टि भएकाे छ । नेताहरूकाअनुसार अब माओवादी केन्द्रको केन्द्रीय समितिकाे बैठक राष्ट्रिय सभा निर्वाचनपछि मात्र बस्ने सम्भावना छ ।

यसअघि पुस १९ गते पदाधिकारी टुङ्ग्याउनेगरी बसेकाे बैठकले अध्यक्षमा पुप्षकमल दाहाल ‘प्रचण्ड’ लाई मात्रै चुनेर स्थगित भएकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *