माओवादी अध्यक्षमा प्रचण्ड निर्विरोध

काठमाडौं । माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्विरोध निर्वाचित भएका छन् । ८औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूकाे पहिलाे बैठकले प्रचण्डलाई निर्विराेध अध्यक्षमा चयन गरेकाे हाे ।

ललितपुरको हेरिटेज प्लाजामा बसेको बैठकमा केन्द्रीय सदस्य नारायणकाजी श्रेष्ठले प्रचण्डलाई अध्यक्षमा प्रस्ताव गरको थिए भने अर्का केन्द्रीय सदस्य कृष्णबहादुर महराले समर्थन गरेका थिए ।

अध्यक्षमा अरुको उम्मेदवारी नपरेको भन्दै जेष्ठ सदस्यको हैसियतमा बैठकको अध्यक्षता गरेका दिनानाथ शर्माले प्रचण्ड निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *