माओवादीको पहिलो बैठकले तय गर्न सकेन पदाधिकारी

काठमाडौँ । माओवादी केन्द्रकाे ८औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिकाे पहिलो बैठकले अध्यक्ष मात्र चयन गरेको छ । अध्यक्षसहित पदाधिकारीसमेत चयन गर्नेगरी सोमबार ललितपुरको हेरिटेज प्लाजामा बसेकाे बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अध्यक्षमा चुन्दै बाँकी पदाधिकारी थाँती राखेर बैठक सकिएकाे हाे ।

महासचिवलगायत पदाधिकारी, पोलिटब्यूराे, स्थायी समितिलगायतको चयन अर्को बैठकले गर्ने नेताहरूले बताएका छन् । अर्को बैठक पुस २५ गतेका लागि बोलाइएको एक नेताले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *