कुहिरो र बिहानी (तस्बिरहरू)

कुहिरो जमिनको सतह नजिक लाग्ने एकप्रकारको बादल हो । प्रायः खुल्ला ठाउँमा रहेको हावामा पानीका सूक्ष्म कणहरू घुलिएर रहेका हुन्छन् ।

जाडो महिनामा बाहिरी वातावरणको तापमान कम हुने भएकाले हावाको तापमान पनि कम हुन्छ । हावा चिसो भएका कारण हावामा भएका पानीका कणहरू बाफ बनेर उड्न सक्दैन अनि हावा गह्रौँ हुन्छ ।

यसरी गह्रौँ भएको हावा जमिनको सतह नजिक बस्छ । यसैलाई हामी कुहिरो भन्छौँ । विज्ञानका अनुसार जब वातावरणको सापेक्षिक आर्द्रता बढ्छ अर्थात् हावामा पानीको मात्रा बढी हुन्छ, त्यसपछि बाक्लो कुहिरो लाग्छ ।

कतिपय अवस्थामा त यस्ता कुहिरो बाक्लिएर धेरै दिन सम्म रहन्छ । जसलाई हामी शीतलहर भन्दछौ । हिजो आज पहाडी भू-भागसहित काठमाडौँ उपत्यकामा कुहिरो लाग्न थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *