राजधानीका सडक किनारमा ढकमक्क ज्याकाराण्डा (तस्बिरहरू)

काठमाडौँ । यतिखेर राजधानीका सडक किनारमा ढकमक्क ज्याकाराण्डा फुल फुलेको छ । वैशाखमा फुल्ने ज्याकाराण्डा फूलले उपत्यकालाई नै बैजनी बनाइदिएको छ । रुख र सडकमा झरेका ज्याकाराण्डा फुलहरूले हर–कोहीलाई लोभ्याउँछ ।

दरबारमार्ग, रत्नपार्क, भृकुटीमण्डप, सुनधारा सडकछेउमा फुलेका यी ज्याकाराण्डाले राजधानीको सौन्दर्यमा निखार ल्याइदिएका छन् । मान्छेहरू यी फूलहरूमा आफूलाई कैद गर्न सेल्फी र भिडियो खिच्न पछि पर्दैनन् ।

अघिपछि उजाड देखिने यी ठाउँमा अहिले ज्याकाराण्डा फुलले मनमोहन बनाइदिएको छ । ज्याकाराण्डाका फुल सानो हुने हुँदा यसलाई भँगेरी फूल पनि भनिन्छ ।

 हेर्नूहोस् तस्बिरहरू  :

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *