आकर्षक बनाइँदै काठमाडौँका भित्ताहरू (फोटोकथा)

काठमाडौँ । काठमाडौं महानगरपालिका भित्र रहेका भित्ताहरूलाई आकर्षक बनाउन थालिएको छ । काठमाडौँका सार्वजनिक भित्ताहरूमा कला र संस्कृति झल्कने गरी चित्रहरूले रङ्ग्याउन थालिएको हो ।

उक्त चित्रहरूमा काठमाडौँ सुन्दर र सफा देखिएको छ ।

सुरुवाती चरणमा सुन्धारा र धरहरा एरियामा पेन्टिङ्ग गरिएको हो ।

महानगरले पर्खालका भित्ताहरू मात्र नभई सुन्धाराको धरहरा अगाडि रहेको यात्रु बस्ने ठाउँ ‘बस स्टप‘ पनि व्यवस्थित बनाएको छ । घाम र पानीबाट जोगिने गरी उक्त बसस्टपलाई व्यवस्थित बनाइएको देखिन्छ ।

केही सातापछि खुल्ला भनिएको धरहरा क्षेत्रको सजावट अहिले धमाधम सुरु भइरहेको छ ।

हेर्नुहोस् तस्बिरहरू : 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *