विस्थापित सुकुम्बासीको समर्थनमा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न नदी किनारका अव्यवस्थित तथा सुकुम्बासी बस्तीमा गत वैशाख १२, १३, १९ र २० गते सरकारले डोजर चलाएर बस्ती हटाएपछि विस्थापितहरूको आन्दोलन निरन्तर जारी छ ।

शुक्रबार (असार १२) पनि विभिन्न कम्युनिस्ट घटक तथा सुकुम्बासी अधिकारकर्मीहरूले माइतीघर मण्डलामा प्रदर्शन गर्दै विस्थापितहरूको सुरक्षित आवासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

सरकारले बस्ती हटाएपछि विस्थापित परिवारलाई विभिन्न स्थानमा निर्माण गरिएका होल्डिङ सेन्टरमा राख्दै आएको छ ।

तर अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले हालै सूचना जारी गर्दै असार १२ भित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएपछि उनीहरूको आन्दोलन थप चर्किएको हो । अहिले यो समयसीमा असार १९ गतेसम्मलाई सारिएको छ ।

प्रदर्शनकारीहरूले वैकल्पिक आवासको सुनिश्चितता, भत्काइएका घर–टहराको उचित क्षतिपूर्ति तथा सम्मानजनक पुनस्र्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

तस्बिरहरूः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =