जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन
२०८३ असार १२ गते

जुम्ला । जिल्ला ट्राफिक कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा रु आठ लाख १२ हजार राजस्व सङ्कलन गरेको छ ।
सवारी नियम उलङ्घन, मादक पदार्थ सेवनलगायतका कार्य गरेबापत चालकलाई गरिएको कारबाहीबाट सो परिमाणको राजश्व सङ्कलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरीक्षक जगतबहादुर कठायतले जानकारी दिए ।
यस अवधिमा जिल्लामा ६८ वटा सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा कुनै पनि मानवीय क्षति नभएको जनाइको छ ।
पछिल्लो समयमा बढिरहेको सहरीकरणले जुम्लामा पनि सवारी साधनको चाप बढ्दै गएको ट्राफिक कार्यालय जुम्लाले जनाएको छ ।
२०८३ असार १२ गते
प्रतिक्रिया
सम्बन्धित










