मण्डलाको मञ्चमा ‘इजलास जारी छ’ (तस्बिरहरु)

काठमाडौं। मण्डला थिएटर, थापागाउँमा मञ्चन सुरु भएको ‘इजलास जारी छ’ नाटकले अदालतको इजलासभन्दा बाहिर समाजले सुनाउने अदृश्य फैसला, महिलामाथि हुने सामाजिक पूर्वाग्रह र न्यायको खोजीलाई शक्तिशाली रूपमा रंगमञ्चमा उतारेको छ।

असार १९ गतेदेखि नियमित मञ्चन सुरु भएको यो नाटक, प्रसिद्ध भारतीय नाटककार विजय तेन्दुलकरको मूल कृतिमा आधारित छ।

यो नाटकलाई नेपाली भाषामा विजय विस्फोट (जे.बी. देउजा)ले भावानुवाद गरेका छन् भने निर्देशन गुञ्जन दीक्षितको रहेको छ।

नाटकमा महिला अधिकारसम्बन्धी जनचेतनामूलक कचहरी नाटक मञ्चन गर्न गाउँ पुगेको टोलीको कथा प्रस्तुत गरिएको छ।

रिहर्सलका क्रममा मुख्य कलाकार अनुपस्थित भएपछि अभिनयमा स्थानीय युवक ‘ईश्वर’लाई मञ्चमा उतारिन्छ।

तर अदालत र अभिनय दुवैसँग अपरिचित ईश्वरलाई सिकाउन टोलीले काल्पनिक अदालत खडा गर्छ र नायिका देव्यानीमाथि भ्रूणहत्याको आरोप लगाएर अभ्यास सुरु हुन्छ।

अदालतको प्रक्रिया बुझाउन गरिएको काल्पनिक अभ्यास विस्तारै नायिका देव्यानीको वास्तविक जीवनसँग गाँसिँदै जान्छ।

अन्त्यमा कथा अप्रत्याशित मोडमा पुग्दै न्याय, सत्य र महिलामाथी हुने सामाजिक दृष्टिकोणमाथि गम्भीर प्रश्न उठाउँछ।

यस नाटकमा कलाकारहरु अभिषेक शर्मा राजोपाध्याय, अङ्कित सिंह, अनुष्का बस्नेत, अनुष्का कार्की, बाल राई, बिनय पन्त, जयराम रसाइली, कञ्चन कुमारी दास, सिम्फोनी र सागर भट्टराईले अभिनय गरेका छन्।

आगामी श्रावण १० गतेसम्म मञ्चन हुने नाटक ‘इजलास जारी छ’, सोमबार बाहेक हरेक साँझ ५ः३० बजे तथा शनिबार अतिरिक्त शो दिउँसो १ः३० बजे मञ्चन हुने छ।

तस्बिरहरुः–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − one =