माइतीघरमा राष्ट्रिय मुक्ति क्रान्तिद्वारा ‘सांस्कृतिक प्रतिरोध’ (तस्बिरहरू)

काठमाडौँ । बहुलराष्ट्रिय राज्य नेपाल स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिले सांस्कृतिक प्रतिरोधको आयोजना गरेको छ ।

आइतबार माइतीघरमा राष्ट्रिय मुक्ति क्रान्तिले सांस्कृतिक प्रतिरोधको आयोजना गरेको हो ।

प्रदर्शनीमा विभिन्न समुदायको सांस्कृतिक बाजा बजाइएको थियो । कार्यक्रममा राजेन्द्र महतो, सुमन सायमी लगायतका नेता तथा अभियान्ताहरु उपस्थित भएका थिए ।

यसैबीच अभियान्ता सुमन सायमीले भने –ऐतिहासिक कालदेखि औपनिवेशिक राज्यद्वारा स्वदेशी राष्ट्रहरूमाथिको साँस्कृतिक अतिक्रमण विरुद्ध राज्यलाई माफी मगाउन कार्यक्रम आयोजना गरिएको हो ।’

राजेन्द्र महतो सहित चैत्र २४ भद्रकालीमा आयोजित प्रदर्शनमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीसंग भिडन्त भएको थियो । उक्त भिडन्तमा प्रहरीले ज्यादती गरेको उनीहरूले आरोप लगाउँदै आएका छन् ।

उनीहरूले प्रहरीले कब्जामा लिएको आफ्नो बाजागाजा अझै फिर्ता नदिएको आरोप लगाए ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *