विनाशकारी भूकम्पको सम्झनामा ५५ फोटो प्रदर्शनी (तस्बिरहरू)

काठमाडौँ । २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी गरिएको छ ।

भूकम्पीय जोखिम न्यूनीकरणका लागि सचेतना फैलाउने उद्देश्यले खानी तथा भूगर्भ विभागमा फोटो प्रदर्शनी गरिएको हो ।

खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको आयोजना गरिएको फोटो प्रदर्शनीमा ५५ फोटोहरू समावेश छन् ।

उक्त प्रदर्शनीमा वैशाख १२ लगायत विभिन्न समयमा डोटी, बझाङ, जाजरकोट लगायतका स्थानमा गएका भूकम्पहरूबाट भएको क्षति तथा समाज र भूगोलमा आएका परिवर्तनका दृश्यहरू समावेश गरिएको छ ।

विसं २०७२ वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्रबिन्दु भएर सात दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको थियो ।

उक्त भूकम्पमा परेर देशभर नौ हजारभन्दा बढीको ज्यान गएको थियो भने २२ हजार व्यक्ति घाइते भएका थिए । उक्त भूकम्पका कारण आठ लाख भवन भत्किएका थिए ।

पछिल्लो समय विसं २०८० कात्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भएर छ दशमलव चार रेक्टर स्केलको भूकम्प जाँदा एक सय ५६ जनाले ज्यान गुमाएका थिए । उक्त भूकम्पले जाजरकोट, रुकुम पश्चिमलगायतका जिल्लाका ८० हजार घरमा क्षति पु¥याएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *