१५ न्यायाधीशको बटमलाइन: प्रधान न्यायाधीशको राजीनामा

काठमाडौँ । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई निकास (राजीनामा) दिन आग्रह गरेका न्यायाधीशहरू फेरि छलफलमा जुट्दैछन् । सर्वोच्च अदालतका १५ बहालवाला न्यायाधीशको बैठक आज पनि बस्ने भएको हो ।

न्यायालयमा देखिएको अहिलेको सङ्कटको कारक प्रधान न्यायाधीश नै रहेको निष्कर्ष निकालेका न्यायाधीशहरूको बैठक अहिले ११ बजेपछि बस्दैछ । न्यायाधीशहरूले जबराले राजीनामा नदिएसम्म इजलासमा नबस्ने अडान लिइसकेका छन् । प्रधान न्यायाधीश जबराको राजीनामालाई उनीहरूले मुख्य बटमलाइन बनाएका हुन् ।

मंगलबारको बैठकले प्रधानन्यायाधीशको राजीनामा माग्ने सामूहिक अडानमा कायमै रहने र थप निर्णयका लागि बुधबार छलफलमा जुट्ने निर्णय गरेको थियो । प्रधानन्यायाधीश जबराले तोक्ने कुनै पनि पेसी नहेर्ने न्यायाधीशले अडान लिएका छन् ।

मंगलबार बिहान मात्र न्यायाधीशहरूले प्रधानन्यायाधीश जबरालाई सामूहिक रूपमा भेटेर मार्ग प्रशस्त गर्न औपचारिक आग्रह गरेका थिए । तर, जबराले ‘प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिने भए आफू पनि तयार रहेको’ जवाफ फर्काएका थिए ।

  • सम्बन्धित समाचार

प्रधान न्यायाधीशको बहिर्गमन पक्का, राजीनामा कि महाअभियोग ?
अहिलेकै प्रधान न्यायाधीश रहिरहे न्याय सम्पादनमा गम्भीर क्षति हुन्छ : वरिष्ठ अधिवक्ता थापा
बार सल्लाहकार समितिले भन्यो- ‘प्रधान न्यायाधीशले राजीनामा नदिए देशव्यापी आन्दोलन हुन्छ’
१४ न्यायाधीशलाई ओली र जबराको एउटै जवाफ
१४ न्यायाधीशहरूलाई जबराको जवाफ- ‘सबैले राजीनामा दिउँ’
परमादेश दिने पाँचै न्यायाधीशले राजीनामा दिनु उपयुक्त-ओली
प्रधान न्यायाधीशको अडान- ‘राजीनामा दिन्नँ’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *