अहिलेकै प्रधान न्यायाधीश रहिरहे न्याय सम्पादनमा गम्भीर क्षति हुन्छ : वरिष्ठ अधिवक्ता थापा

काठमाडौँ । वरिष्ठ अधिवक्ता शम्भु थापाले सर्वोच्च अदालतमा चोलेन्द्रसमशेर जबरा रहँदासम्म आफूहरूले कुनै बहस नगर्ने बताएका छन् ।

त्यसबाट उत्पन्न गतिरोधको जिम्मा स्वयम् प्रधान न्यायाधीशले लिनुपर्ने उनको भनाइ छ ।

‘अहिलेका प्रधान न्यायाधीश सर्वोच्च अदालतमा रहँदासम्म हामीले कुनै बहस गर्दैनौँ,’ मंगलबार पत्रकारहरूसँग अधिवक्ता थापाले भने, ‘त्यसबाट आउने गतिरोध र समस्याहरूको जिम्मा स्वयम् उहाँहरूले नै लिनुपर्छ ।’

अहिलेका प्रधान न्यायाधीश सर्वोच्चमा रहँदासम्म न्याय सम्पादनमा गम्भीर क्षतविक्षत हुनेसमेत अधिवक्ता थापाले बताए । ‘अहिलेका प्रधान न्यायाधीशले कुनै पनि हालतमा राजीनामा गर्नुपर्छ,’ अधिवक्ता थापाले भने, ‘यदि यसो भएन भने न्यायालयमा राम्रो हुँदैन, मानिँदैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *