१४ न्यायाधीशहरूलाई जबराको जवाफ- ‘सबैले राजीनामा दिउँ’

काठमाडौँ । प्रधान न्यायाधीश चोलेन्द्रसमशेर जबराले प्रश्न उठेका सबै न्यायाधीशहरूले राजीनामा दिए आफू पनि तयार रहेको बताएका छन् । स्रोतकाअनुसार प्रधान न्यायाधीश जबराले आफूलाई भेटेर मार्गप्रशस्त गर्न माग गरेका १४ न्यायाधीशलाई यस्तो जवाफ दिएका हुन् ।

प्रधान न्यायाधीश जबरालाई १४ न्यायाधीशहरूले आज भेटेका थिए । भेटमा उनले न्यायाधीशहरूलाई यस्तो बताएका हुन् । स्रोतकाअनुसार प्रधान न्यायाधीश जबराले आफू संवैधानिक तवरले सर्वोच्च अदालत भित्रिएको र त्यही तवरले बाहिरिने बताएका थिए ।

यसअघि पनि प्रधान न्यायाधीश जबराले आफूले सडक र सञ्चारमाध्यमबाट राजीनामा मागिँदैमा दिन नहुनेमा आफू सचेत रहेको दोहोर्‍याउँदै आएका थिए । मंगलबार नै उनले ‘आफू जस्तोसुकै अवस्थाको सामना गर्न तयार रहेको तर, राजीनामा दिने पक्षमा नरहेको’ बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *