कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

काठमाडौं । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिएका छन् । शनिबार बसेको प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन् ।

कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीले उनीविरुद्ध असार ३२ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । शनिबार उक्त प्रस्तावमाथिको छलफलमा भाग लिएका कँडेलले सुरुमै आफ्नो धारणा राख्दै पदबाट राजीनामा दिएको घोषणा गरे । कँडेल २०८० साल चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

गत असार ३१ गते कर्णाली प्रदेश सरकारबाट सत्ता साझेदार दल काँग्रेसका चार मन्त्रीहरूले सामूहिक राजीनामा दिएका थिए । आर्थिक मामिला मन्त्री राजीवविक्रम शाह, जलस्रोत मन्त्री विजया बुढा, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र उद्योग, पर्यटन, वन तथा वातावरण सुरेश अधिकारीले राजीनामा दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =