परमादेश दिने पाँचै न्यायाधीशले राजीनामा दिनु उपयुक्त-ओली
२०७८ कार्तिक ९ गते

|पालिका अधिवेशनको उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली। तस्बिरः मकालुखबर|
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले परमादेश दिने पाँचै न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन् । ‘परमादेश त पाँच जनाले गर्नुभएको थियो,’ मंगलबार पालिका अधिवेशन उद्घाटन गर्दै ओलीले भने, ‘एक जनासँग मात्र किन राजीनामा माग्नुहुन्छ ? पाँचै जनाले राजीनामा दिनु उपयुक्त होइन र ?’
सर्वोच्च अदालतमा अहिले तमासा देखिएको भन्दै ओलीले न्यायाधीशहरू आफ्नो कमजोरी आफैँ उधिन्न थालेको बताए । ‘श्रीमान् न्यायाधीश कसले के के गरेको थियो । अलिकति उधिन्न थाल्नुभएको छ ।’
२०७८ कार्तिक ९ गते
प्रतिक्रिया
सम्बन्धित








