ओलीको दाबी- ‘राष्ट्रिय हितको सम्वर्द्धन गर्ने एमालेबाहेक अरु पार्टी छैन’

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेजस्ताे सुदृढ पार्टी अरु नभएको दाबी गरेका छन् । मंगलबार पार्टी कार्यालयबाट पालिका महाधिवेशनको उद्घाटन गर्दै ओलीले भने, ‘एमाले अरु पार्टीभन्दा छुट्टै पार्टी हो । एमाले भनेको राष्ट्रिय हितहरूको सम्वर्द्धन गर्ने पार्टी हो । यसका लागि लागेको पार्टी हो । एमालबाहेक अन्य पार्टी यस्ता छैनन् कि जसले राष्ट्रिय हितहरूको सम्बर्द्धन गरोस् ।’

यस्तै ओलीले  पालिका अधिवेशनले एमालेको वैचारिक र सैद्धान्तिक स्तर उकास्ने बताए । ‘यो अधिवेशनले एमालेको वैचारिक र सैद्धान्तिकसमेत उकासिने छ,’ ओलीले भने, ‘विधान महाधिवेशनसमेत हामीले भर्खरै सम्पन्न गरेका छौँ । त्यसले हामीले एक हिसाबले दिशानिर्देश गरेको छ । अब यो नेतृत्व महाधिवेशनले अझ हामीलाई सबै हिसाबले बलियो बनाउनेछ ।’

एमालेले ६ हजारभन्दा बढी वडामा एकैचाेटी अधिवेशन गरेकाे स्मरण गर्दै ओलीले थपे, ‘याे काम एमालेबाहेक अन्य पार्टीले गर्न सक्दैन । सक्दै सक्दैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *