मेरो दलका मान्छेलाई मन्त्री दिनुहोस् न ‘प्लीज’ : ओली

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको पक्षमा लागेका एमालेका नेताहरूलाई मन्त्री बनाइदिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

यो पनि : सरकार जाली मुद्दाबाट ल्याइएको हो‚ यसलाई संवैधानिक भन्न सकिँदैन : ओली

प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै ओलीले व्यंग्यात्मक रुपमा भने‚ ‘प्रधानमन्त्रीज्यू, मेरो दलका केही मान्छेहरू पाउँला र खाउँला भनेर तपाईँको पछि कुदेका छन् । मन्त्री खानका लागि हिरिक हिरिक भएका छन् । पछि कुदेको कुद्यै छन् । स्याँ स्याँ‚ फ्याँ फ्याँ भएका छन् । उनीहरुलाई मन्त्री बनाइदिनुहोस् न प्लीज । यतिका पछि त लगाइहाल्नुभयो‚ अब मन्त्री दिनुहोस् प्लिज । मेरो पार्टीलाई केही घाटा भए पनि सहुँला बुझाउँला ।’

यो पनि : प्रचण्डलाई लक्षित गर्दै ओलीको कटाक्ष- आगोमा पानी खन्याउन हामीले जानेका छौँ
यो पनि : सरकारलाई ओलीको प्रश्न- सीमा समस्याको विषयमा किन जिब्रो चपाएको ?
यो पनि : एमसीसी बिर्सिनुभयो कि क्याहो ? : ओली
यो पनि : जस्केलाबाट होइन‚ मूलढोकाबाटै आउँछु : ‌ओली

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *