सरकार जाली मुद्दाबाट ल्याइएको हो‚ यसलाई संवैधानिक भन्न सकिँदैन : ओली

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीले अहिलेको सरकारलाई संवैधानिक भन्न नसकिने बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै ‌‌ओलीले अहिलेको सरकार लोकतान्त्रिक विधिबाट नआएको भन्दै यसलाई संवैधानिक भन्न नसकिने बताएका हुन् ।

‘यो सरकारलाई संवैधानिक भन्न सकिँदैन । जाली मुद्दाबाट सरकार ल्याउने अनि संवैधानिक भन्ने ?’ बैठकको विशेष समय लिएर बोल्ने क्रममा ओलीले भने ।

यो पनि : प्रचण्डलाई लक्षित गर्दै ओलीको कटाक्ष- आगोमा पानी खन्याउन हामीले जानेका छौँ

अहिलेको सरकार बनेलगत्तै भूमि आयोग विघटन गरेर गरिबहरूमाथि नै बञ्चरो चलाएको भन्दै ओलीले यसैबाट सरकार कसको हो भन्ने पुष्टि भएकोसमेत दाबी गरे । ‘तपाईँहरूको यहि निर्णयले सरकार कसको हो भन्ने पुष्टि भएन र ?’ ओलीले भने । उनले अघिल्लो सरकारले संवैधानिक तरिकाले नियुक्तिहरू हटाउन खोजिरहेको र कर्मचारीतन्त्रमा कांंग्रेसीकरण गर्न खोजेको आरोप पनि लगाए ।

यो पनि : सरकारलाई ओलीको प्रश्न- सीमा समस्याको विषयमा किन जिब्रो चपाएको ?
यो पनि : एमसीसी बिर्सिनुभयो कि क्याहो ? : ओली
यो पनि : जस्केलाबाट होइन‚ मूलढोकाबाटै आउँछु : ‌ओली

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *