सरकारलाई ओलीको प्रश्न- सीमा समस्याको विषयमा किन जिब्रो चपाएको ?

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले भर्खरै सार्वजनिक गरेको साझा नीति तथा कार्यक्रममा महत्वपूर्ण विषयमा जिब्रो चपाएको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा ओलीले सरकारले लिम्पियाधुरा, लिपुलेकलगायत नेपाली भूमि वार्ताका माध्यमबाट फिर्ता ल्याउनेछु भन्न नसकेको, सीमा क्षेत्रको समस्या समाधान तथा असमान सन्धिबारे मौनता साँधेको भन्दै सरकारले प्रष्ट बोल्न नसकेको आरोप लगाए । ‘सरकारले असमान सन्धिहरू भनेको छ‚ त्यो भनेको के हो ?’ ओलीले प्रश्न गरे‚ ‘कुन कुन असमान सन्धिहरू भनिएको हो ? कुन कुन असमान सन्धि छन् । किन स्पष्ट भन्न नसकिएको ?’

यो पनि : सरकार जाली मुद्दाबाट ल्याइएको हो‚ यसलाई संवैधानिक भन्न सकिँदैन : ओली

नीति तथा कार्यक्रममा छिमेकी देशहरूसँगको सीमा विवाद समाधान गर्ने भनिएकोप्रति आपत्ति जनाउँदै ओलीले सरकारले यसमा पनि जिब्रो चपाएको बताए ।

यो पनि : प्रचण्डलाई लक्षित गर्दै ओलीको कटाक्ष- आगोमा पानी खन्याउन हामीले जानेका छौँ

‘नेपालको सीमा समस्या कुन कुन देशसँग छ ? यहाँ त छिमेकी देशहरू भन्नुभएको छ, देशहरुसँग विवाद छ कि एक देशसँग मात्र ? किन जिब्रो चपाउनुभएको ?’ ओलीले प्रश्न गरे । उनले नीति तथा कार्यक्रममा भाषा तलमाथि भएपनि प्रधानमन्त्री शेरबहाुदर देउवाले यी विषयमा सरकारको नीति यो यो हो भनेर स्पष्ट पार्नुपर्ने ओलीले बताए । एमसीसी के गर्ने ? नेपाली भूमि फिर्ता ल्याउनेबारे के गर्ने ? यसबारे सरकारको धारणा यो हो भन्ने स्पष्ट बताउनुपर्ने ओलीको भनाइ छ ।

यो पनि : एमसीसी बिर्सिनुभयो कि क्याहो ? : ओली
यो पनि : जस्केलाबाट होइन‚ मूलढोकाबाटै आउँछु : ‌ओली

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *