प्रचण्डलाई लक्षित गर्दै ओलीको कटाक्ष- आगोमा पानी खन्याउन हामीले जानेका छौँ

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै आगोलाई पानी बनाउन आफूले जानेको बताएका छन् ।

यो पनि : सरकार जाली मुद्दाबाट ल्याइएको हो‚ यसलाई संवैधानिक भन्न सकिँदैन : ओली

सोमबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्ने क्रममा उनले भने‚ ‘सत्तामा आउन नपाउँदै प्रतिपक्षलाई म आगो हुँ मसँग नखेल्नूस् भनेर धम्की दिने ? आगोलाई पानी खन्याएर निभाउन हामीले पनि जानेका छौँ । पहिला पनि उहाँहरू आगो नै बन्नुभएको थियो‚ त्यसलाई पनि दुई बाल्टिन पानी हालेर निभाइएकै हो ।’

यसअघि विघटन बदर भएपछि पहिलोपटक बसेको प्रतिनिधिसभाको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले आफूलाई आगोको संज्ञा दिँदै नखेलाउन चेतावनी दिएका थिए ।

यो पनि : सरकारलाई ओलीको प्रश्न- सीमा समस्याको विषयमा किन जिब्रो चपाएको ?
यो पनि : एमसीसी बिर्सिनुभयो कि क्याहो ? : ओली
यो पनि : जस्केलाबाट होइन‚ मूलढोकाबाटै आउँछु : ‌ओली

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *