एमसीसी बिर्सिनुभयो कि क्याहो ? : ओली

कठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममा एमसीसीबारे केही नबोलिएकोबारे प्रश्न उठाएका छन् ।

संसदको विशेष बैठकमा बोल्दै ओलीले भने‚ ‘सरकारको नीति तथा कार्यक्रममा एमसीसीबारे किन केही बोलिएन ? एमसीसी बिर्सिनुभयो कि क्याहो ? कतै देखिँदैन त ।’

सरकारको नीति तथा कार्यक्रममा कांग्रेसको अनुहार कतै नभएको ओलीको आरोप थियो ।

उनले लिम्पियाधुरा लिपुलेकलगायत भूमि भारतसँग वार्ता गरेर फिर्ता ल्याइनेछ भन्न नसकिएको बारे प्रश्न उठाए । यसलाई समस्या हो भनिएको छ तर‚ यो समस्या होइन । त्यो हाम्रो भूभाग हो‚ त्यो फिर्ता लिनुपर्छ भन्न सरकारले सक्नुपर्छ । ‘तपाईँहरूले फिर्ता लिन सक्नुभएन भने डेढ वर्ष पर्खौँ हामी छौँ‚’ ओलीले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *