स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे छानबिन गर्न ओलीको चुनौती

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई भ्रष्टाचारको छानबिन गरी दोषीलाई कारबाही गर्न चुनौती दिएका छन् ।

प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै ओलीले सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे छानबिन गर्ने उल्लेख गरिएको भन्दै छानबिन गरी दोषीलाई कारबाही गर्न चुनौती दिए ।

यो पनि : सरकार जाली मुद्दाबाट ल्याइएको हो‚ यसलाई संवैधानिक भन्न सकिँदैन : ओली

‘गर्नुहोस्, छानबिन गर्नुहोस्‚ दोषीलाई कारबाही गर्नुहोस्‚’ ओलीले भने‚ ‘छानबिन अलि अघिदेखि गर्नुहोस् है, धेरै उपकरणहरू वीर अस्पताल र त्रिभुवन विमानस्थलमा थन्किएका छन्, काम नलाग्ने मेसिनहरू, त्यसबारे पनि छानबिन गर्नुहोस् है ।’

यो पनि : प्रचण्डलाई लक्षित गर्दै ओलीको कटाक्ष- आगोमा पानी खन्याउन हामीले जानेका छौँ

त्यस्तै भ्रष्टाचारबारे छानबिन गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएको विषयको स्वागत गर्ने भन्दै ओलीले ‘माओवादी लडाकुको शिविरमा भएको अनियमितता’बारे छानबिन गर्नसमेत माग गरे । उनले भने‚ ‘सरकारले भ्रष्टाचारबारे छानबिन गर्ने भनेको छ, गरे भइगो त । क्यान्टोनमेन्टको अनियमितताबारे छानबिन गरे भयो । ललिता निवासबारे पनि छानबिन गर्ने होला, मातातीर्थको जग्गाबारे पनि छानबिन गर्ने होला, गर्नुहोस्‚’ ओलीले भने ।

यो पनि : सरकारलाई ओलीको प्रश्न- सीमा समस्याको विषयमा किन जिब्रो चपाएको ?
यो पनि : एमसीसी बिर्सिनुभयो कि क्याहो ? : ओली
यो पनि : जस्केलाबाट होइन‚ मूलढोकाबाटै आउँछु : ‌ओली

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *