संसद सचिवालय परिसरमा वृक्षारोपण

काठमाडौं । सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले बुधबार सिंहदरबारस्थित संघीय संसद परिसरमा वृक्षारोपण गरेका छन् ।

संसद दिवस २०७८ का अवसरमा सभामुख सापकोटाले सचिवालयको बगैंचामा रुद्राक्षको विरुवा रोपेका हुन् । कोभिड-१९ को जोखिमका कारण दिवस मनाउन ठूलो कार्यक्रम नराखिएको बताउँदै उनले जलवायु परिवर्तनको विश्वव्यापी असर कम गर्न सकारात्मक सन्देश दिन वृक्षारोपण कार्यक्रम रोजिएको बताए ।

‘पृथ्वीको उत्पत्ति भएदेखि नै रुख, बिरुवालाई धेरै महत्त्वका साथ हेरिँदै आएको छ, महान दार्शनिक एवं महान् धर्तीपुत्र गौतम बुद्धले पनि रुख, बिरुवालाई धेरै महत्त्व दिनुभएको छ‚’ सभामुख सापकोटाले भने‚ ‘प्रतिकुल अवस्थामा यसको महत्वलाई दर्शाउँदै संस्थाको दिवस मनाउन वृक्षारोपणको कार्यक्रम गरिएको हो ।’

सभामुख सापकोटाले वातावरणबाट हुने असरबाट मुक्त हुन वृक्षारोपणमा सहभागी हुन सबैमा अपीलसमेत गरेका छन् । उनले भने‚ ‘वातावरणअनुकूल बनाउन आफ्नो अनुकूल ठाउँमा कम्तिमा एउटा बिरुवा रोपेर हुर्काउन सबैलाई अपील गर्दछु ।’

सो अवसरमा राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहाल, संघीय संसदका महासचिव डा. भरतराज गौतम, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, सचिवालयका सचिवहरू ध्रुव घिमिरे, सुदर्शन खतिवडालगायतले पनि सचिवालय परिसरमा वृक्षारोपण गरेका छन् ।

तस्बिरहरू

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *