सरकारको असंवैधानिक कदमविरुद्ध नेवि संघद्वारा विरोध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेवि संघ) ले आज साझ संसद भवन नयाँ बानेश्वरअघि प्रदर्शन गरेको छ । नेवि संघले सरकारको असंवैधानिक कदमको विरुद्ध प्रदर्शन गरेको जनाएको छ ।

प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ७ प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको नेवि संघका नेता मनिष सिंखडाले जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा मनिष सिंखडा‚ अन्जनराज खतिवडा‚ मनिष रायमाझी‚ सञ्जीव ढकाल‚ सुवर्ण गौतम‚ मनिष खड्का र रमित खड्का रहेका छन् ।

तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *